ग्राउण्डजिरो सम्बाददाता , ५५८०८ पटक हेरिएको
बिराटनगर – ओपन स्पेस प्रालीको आयोजना तथा कालापत्थर नेटवर्कको व्यवस्थापनमा विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आईकन-२०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिताको यो पहिलो संस्करण हो । उक्त प्रतियोगिता विवाहित महिलाहरुको सौन्दर्य मात्रै नभएर महिला सशक्तीकरणको एउटा माध्यमको रुपमा स्थापित गर्न खोजिएको आयोजक संस्था ओपन स्पेसका संचालक तथा यो प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठले बताए ।
विवाहपस्चात पनि महिलाहरुले गृहस्थी जीवन निर्वाह गर्ने मात्रै हैन आफुभित्र भएको कलाकौसल देखाउन पाउनुपर्छ । जसको लागी विवाहित महिलाहरूलाई ‘मिसेस पुर्बेली आईकन-२०२४’ उपयुक्त माध्यम बन्न सक्ने निर्देशक श्रेष्ठको भनाई छ ।उक्त प्रतियोगिताको पहिलो अडिसन यहि शनिबार श्रावण १२ गते इटहरी अवस्थित गोरखा होटलको सभाहलमा बिहान ११ बजेदेखी अडिसन सुरु हुने बताईएको छ । अडिसनमा सहभागी हुन २० वर्ष भन्दा माथी उमेर भएको र विवाहित महिला हुनुपर्ने छ, भने कोशी प्रदेशका जुनसुकै स्बाथानबाट पनि सहभागीता जनाउन सकिनेछ । उचाई र शारीरिक वनावटको भने कुनै हद तोकिएको छैन् ।
अडिसन पश्चात् छनौटमा परेका प्रतिष्पर्धीहरुलाई विभिन्न प्रशिक्षण तथा सौन्दर्यता, ज्ञानवर्धक र र्याम्प वाल्कको तालिमहरु समेत प्रदान गरिनेछ ।उक्त प्रतियोगिताको कोरियोग्राफर सुभेक्षा कार्की रहने छिन् । विजेतालाइ ५० हजार नगद सहित अन्य थुप्रै उपहारहरु प्रदान गरि उक्त कार्यक्रमको ग्राण्ड फिनाले भदौको अन्तिममा इटहरीमै हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०७-२६ , समय : १४:३२:५८ , ६ महिना अगाडि