ग्राउण्ड जिरो सम्बाददाता , ५०४६३ पटक हेरिएको
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा र पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई जिम्मेवारीबाट हटाइएको छ । नेपाल प्रहरीको विशेष ब्यूरोमा कार्यरत डीआइजी केसीलाई सो जिम्मेवारीबाट हटाएर उहाँको को ठाउँमा राजन अधिकारीलाई पठाइएको हो ।उहाँलाई बुधबार गृह मन्त्रालयले ब्यूरोबाट हटाउने निर्णय गरेको थियो । यद्यपी उक्त निर्णय हालसम्म गोप्य राखिएको छ । विमान दु्र्घटनामा सबैको ध्यान खिचिएको बेला गृहमन्त्री रमेश लेखकले सुटुक्क केसीलाई हटाउनु भएको हो।केसीको गत जेठ १६ गते मात्रै विशेष ब्यूरोमा सरुवा भएको थियो । अहिले केसीको सरुवा विशेष ब्यूरोबाट नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।
प्रकाशित मिति: २०२४-०७-२९ , समय : ०१:४१:५६ , ६ महिना अगाडि