ग्राउण्डजिरो सम्बाददाता , ५३३३६ पटक हेरिएको
बिराटनगर- पुर्वमा पहिलो पटक फरक ढन्गको साथ् ताल, बाजा सहित स्वाग डान्स स्टुडियोको आयोजनामा लोक नृत्य कार्यशाला २०८१ सफलतापूर्वक सम्पन्न भएको छ ।
गत शनिबार विराटनगर-६ शिव मन्दिर स्थित ६० जना प्रशिक्षार्थि को उपस्थितिमा लोक नृत्य कार्यशाला सम्पन्न भएको हो ।
पुर्वको नया पुस्ताका नृत्य निर्देशकहरुमा लोक नृत्यलाइ लिएर विविध अन्योलता रहेको र मौलिकताको अल्प ज्ञानका कारण बिभिन्न समस्याहरु संग जुध्नु परि रहेको परिस्थितिलाइ महसुश गर्दै उक्त कार्यशालाको आयोजना गरिएको स्वाग डान्स स्टुडियोका संचालक राज न्यौपाने बताए ।
बिराटनगरमा लोक नृत्यका पुरानो पुस्ताका गुरुहरुबाट उचित ज्ञान हासिल गर्न सहज नभएको र मौलिकता खोजन नया पुस्ता भौतारी रहनु परेको कारण यो कार्यशालाको आयोजना गरिएको र उक्त कार्यशालाले विराटनगरको कला संस्कृति र लोक नृत्यक्षेत्रमा नयाँ आयाम थप्ने स्वाग डान्स स्टुडियोका सह-निर्देशक मनिष कटुवालले जानकारी दिए । आफु हरुले पुराना पुस्ताका लोक नृत्यका ज्ञाता भनिने बिराटनगरका गुरुहरु संग लोक नृत्य सिक्ने इच्छा भए पनि अग्रजहरु बाट कुनै प्रतिक्रिया नपाएको र उहाहरु ले नया पुस्ता हस्तान्तरण गर्न नचाहे पछि आफुहरुले बिकल्प खोज्नु परेको स्वाग डान्स स्टुडियोका निर्देशक राज न्यौपानेले बताए ।
सोहि अनुरुप अहिले पछिल्लो समय युवा पुस्ता माझ लोकप्रिय बन्दै गएका बिर्तामोड झापाका लोक नृत्य अनुसन्धानकर्ता, कोरियोग्राफर दिवश गिरिलाइ उक्त कार्यशालामा प्रशिक्षणका लागि बोलाइएको थियो । गिरीले नेपाली लोक नृत्यको इतिहास संगै लोक नृत्य कसरि किन र के का लागि गरिन्छ भन्ने बिषयमा जानकारी दिदै कार्यशालाको प्रशिक्षण शुभारम्भ गरेका थिए ।
हाल नेपालमा छिमेकि राष्ट्रहरुको प्रभाव संगै वेस्टन डान्स हरुको कारण नेपालको नृत्य क्षेत्रमा निकै प्रभाव पर्दै गएको छ । लोक नृत्य हराउदै गरेको अवस्थामा लोक संस्कृतिलाइ जोगाउनु पर्छ भन्ने उदेश्य लिएर अहिले बिर्तामोड झापाका लोक नृत्य अनुसन्धानकर्ता, कोरियोग्राफर दिवश गिरि पुर्व देखि पश्चिम सम्म आफुले जानेको बुझेको ज्ञान सिकाउदै हिडी रहेका छन । गिरिले यस अघि क्यानडा, दुबाई, थाइल्याण्ड लगायातको देशहरुमा समेत लोक नृत्यको प्रशिक्षण दीइ सकेका छन । नेपाली डान्स रियालिटी शो ” छम छ्मी, लेट मि डान्स नेपाल,मा कोरियोग्रफार, डान्स च्याम्पियनमा असिस्टेन्ट डेरेक्टर, मेरो डान्स कप ” यु एस ए ” डान्स युनिभर्समा हेड अफ कोरियोग्रफार समेत गिरिले गरिसकेका छन ।
स्वाग डान्स स्टुडियोको आयोजना भएको लोक नृत्य कार्यशालामा उनै गिरिले प्रशिक्षनण दिएका थिए । उक्त कार्यशालामा सोरठी नाचको लमी ताल ,छोटि ताल र मारुनीको समला तालको बोल संगै मादल बजाउदै नृत्य प्रशिक्षण गराइएको थियो ।
सोरठी र मारुनी नृत्यको मौलिकता लोक नृत्यमा तालहरुको ज्ञान संगै इतिहासलाइ समेत मध्यनजर गर्दै लोक नृत्य गर्नु पर्ने प्रशिक्षक् गिरि बताउछन । उनका अनुसार पुर्खाहरुले हस्तान्तरण गरेको नृत्यमा हुनु पर्ने मौलिकताको बिषयमा सिकाउने र सिक्ने दुबैलाइ महत्वपूर्ण जानकारी हुन आवश्यक भएको गिरि बताउछन ।
बिराटनगरमा हुने नृत्य प्रातियोगिताहरु प्याब्सन, एन प्याब्सन लगायत संस्था हरुले गर्ने गरेको लोक नृत्य प्रतियोगिताहरुमा निर्णायकहरुले गर्ने निर्णयको पनि प्रशिक्षक् दिवस गिरिले खुलेरै बिरोध गरेका थिए। लोक नृत्य प्रातियोगितामा छनौट गर्ने बिधि र निर्णायकहरुले प्रयोग गर्ने निर्णायक बिधि केहि फेरवदल गर्नु पर्ने गिरिको भनाइ छ ।
प्रतियोगितामा अनावस्यक कुरा हरुमा अंक दिइने जस्तै सिंगार, ड्रेस जस्ता कुराहरुमा धेरै माक्स राखिने गरेको तर अब भने उक्त कुराहरु नराखी कलाकार हरुको प्रस्तुति, गुणस्तर र फरक पनको आधारमा अंक दिएमा प्रतियोगितामा आउने प्रतिस्प्रधीहरुको कलाको उस्चित मुल्यांकन हुने लोक नृत्य अनुसन्धानकर्ता, कोरियोग्राफर दिवश गिरिले बताए ।
प्रकाशित मिति: २०२४-०८-११ , समय : २०:२९:०१ , ५ महिना अगाडि