ग्राउण्ड जिरो सम्बाददाता , १६१५ पटक हेरिएको
विराटनगर । विराटनगर १० का स्थायी बासिन्दा २५ वर्षीय सिद्धान्त भट्टराई सिरहाको मिर्चैयामा मृत फेला परेका छन् ।
सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित होटलको पछाडि आज बिहान उनको शव फेला परेको हो । भट्टराई स्टेशनरीका होलसेल व्यवसायी हुन् ।
उनले विराटनगरस्थित पाथीभरा कापी उद्योग संचालन गरेका थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले भट्टराईको शव होटलको पछाडि शौचालय नजिक भेटिएको हो ।
विराटनगरबाट बुधबार बिहान सबेरै मृतकका आफन्त मिर्चैया पुगेका छन् । प्रहरीले शव पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ भने होटलमा जडान गरिएको सिसि क्यामेराको फुटेज लगायतका प्रमाण हेरेर अनुसन्धान गरिने जनाएको छ ।
भट्टराई होटलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथिपट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका हुन् । उनको घाँटी सिक्रि र पाइन्टको गोजिमा मोबाइल फेला परेको छ । भट्टराई हिंजो बेलुका को.१ च ९१७२ नम्बरको पिकअप जिपमा कापीको मार्केटिङ् गरी चालक सागर राईसँगै सहदेव होटलमा खाजा र खान खाएपछि राती पौने ११ बजेतिर चालक राई सुत्न गएको र भट्टराई भने दुई घर दक्षिण पर्ने शम्भु होटलमा गएको प्रहरीको दाबी छ । चालक राईले भने राति १ बजेतिर होटलका संचालकले बोलाएर आफूसँग आएका व्यक्तिको मृत्यु भएको जानकारी दिएका थिए ।
प्रकाशित मिति: २०२३-०८-०९ , समय : ११:०७:२९ , १ वर्ष अगाडि