ग्राउण्ड जिरो सम्बाददाता , १७९५ पटक हेरिएको
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुलमुनि अज्ञात युवकको टाउको मात्र फेला परेको छ ।
बिहीबार बिहान स्थानीयले खोलाको बगरमा घाँटीबाट छिनाएको टाउको मात्रै देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिए ।
उनका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको भर्खरै हत्या भएको जस्तो देखिन्छ । घटनास्थलमा अहिले प्रहरी उपरीक्षक नरेशराज सुवेदी आफैं पुगेर अनुसन्धानमा जुटेका छन् ।
प्रकाशित मिति: २०२३-०८-१० , समय : १२:१२:०४ , १ वर्ष अगाडि