ग्राउण्ड जिरो न्यूज सम्बाददाता , १६१५ पटक हेरिएको
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘अपरेसन चार्ली फक्सट्रोट’ देशभर जारी राखेको छ । सो अपरेसनमार्फत हालसम्म आठजना नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस गरेको आरोपमा पक्राउ परेका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस पढेर मेडिकल काउन्सिलबाट डाक्टरको लागि अनुमति लिएका डाक्टरमाथि सीआईबीले बिहीबारदेखि अपरेसन चलाएको हो ।
हालसम्म पक्राउ पर्नेमा नेपाली कांग्रेसका सांसद डा सुनील शर्मा, डा.मनित चौधरी, डा. श्रद्धा सिल्पकार, रन्जितकुमार यावद, अमितकुमार यादव, रामबाबु यादव, एरिना यादव र पुनम थापा पक्राउ परेका सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।
पक्राउ परेकाहरुलाई किर्ते मुद्दामा अनुसन्धानको लागि जिल्ला सरकारी वलिक कार्यालयबाट थप अनुसन्धानको लागि म्याद थप्ने तयारीमा सीआईबी रहेको छ ।
प्रकाशित मिति: २०२३-०८-१३ , समय : १०:३३:४८ , १ वर्ष अगाडि