ग्राउण्ड जिरो सम्बाददाता , १४८५ पटक हेरिएको
सोमबार दिउँसो विराटनगरको विराटनगरको मुख्य बजारमा एक युवामाथि तरबार प्रहार भएको छ । तरबार प्रहारबाट विराटनगर महानगरपालिका–८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका छन् ।
विराटनगर–१० सन्सारीमाईस्थानबाट पूर्व तर्फ उनीमाथि दिउँसो २ः४५ बजेतिर तरबारले प्रहार गरिएको प्रहरीले जनाएको छ । हलिमको दुवै हातमा गहिरो चोट लागेको छ ।
उपचारका लागि उनलाई सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरेको छ ।
हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार हानेको प्रहरीले बताएको छ ।
घटनामा संलग्नहरु फरार रहेका कारण खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक एवं सहायक सूचना अधिकारी पपु नायकले बताए । घटनामा प्रयोग गरिएको तरबार प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्नहरु तरबार फालेर भागेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: २०२३-०८-१४ , समय : १७:२९:३० , १ वर्ष अगाडि