विमानस्थलबाट भन्सार छलेर बाहिरिएको सुन गाल्न सुरु

अपसाध ब्यूरो , ११७६  पटक हेरिएको

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको सुन गाल्न सुरु गरिएको छ । मङ्गलवार बबरमहल स्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरूको रोहबरमा सुन गाल्न सुरु गरिएको हो ।

ब्रेक सु भनेर विदेशबाट ल्याइएको सुन राजश्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलबाट बरामद गरेको थियो । सुरुमा एक सय क्वीन्टल भनिएको सुन सोमबार तौलिदा ६० केजी७ सय ८९ ग्राम मात्र रहेको पाइएको राष्ट्र बैंकको टक्सार विभागले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०८-१५ , समय : १५:३५:४९ , १ वर्ष अगाडि