रा स स , ९४५ पटक हेरिएको
रुपन्देहीको देवदह नगरपालिका–१२ ढोलबजवा बस्छन् शिवबिन्दु भुज । उमेरले करिब ६० काटेका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ । गाउँमै पसल भए पनि उनले पसलबाट केही खरिद गर्न पाउँदैनन् । गाउँमा उर्दी जारी भएको छ ‘भुजको परिवारलाई केही नदिनू, कोही नबोल्नू ।’कसरी घर भत्काउन भन्न सक्छ ?’ स्थानीय रीताकुमारी कँवरले प्रश्न गरिन्, ‘यहाँ अधिकांश हामी भूमिहीन छौँ अब हामी छाडेर कहाँ जाने ?’ कब्जा गरेको भनिएको जग्गामा अहिले आफूहरूले लाखौँ खर्च गरी पक्की संरचना निर्माण गरेकाले जग्गा छोड्न नसक्ने अडान गाउँलेहरूको रहेको छ । गाउँलेहरूले एकै स्वरमा पशुपति भुजले दुःख दिने नियतले मुद्दा हालेको बताएका छन् ।
गाउँलेहरूको भनाइलाई नै वडा कार्यालयले समर्थन गरेको छ । रुपन्देही जिल्ला अदालतले वडा कार्यालयलाई घर टहरा भत्काई सार्वजनिक जग्गा खाली गराउन आदेश दिए पनि वडाध्यक्षले सो आदेशको पालन गर्न नसक्ने बताएका छन् । देवदह नगरपालिका–१२ का वडाध्यक्ष डेगबहादुर सारु मगरले उक्त जग्गा खाली गराउन नसकिने बताए । उनले भने, ‘उजुरी र फैसलामा जबरजस्ती कब्जा गरी बसेको भनिएको छ, तर उक्त जग्गा जबरजस्ती कब्जा गरेको नभई तत्कालीन परिस्थिति अनुसार बाँडेको देखिन्छ ।’
आफ्नो क्षेत्रमा रहेको सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने निकायले नै भोटको राजनीतिका कारण कब्जा भएको जग्गा पनि फुकाउन सकेको छैन । मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ मा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई दिएको छ
प्रकाशित मिति: २०२३-०८-१७ , समय : १४:४२:५९ , १ वर्ष अगाडि