ग्राउण्ड जिरो सम्बाददाता , १०५५ पटक हेरिएको
बिर्तामोड । चिकित्सकको लापरवाहीका कारण झापाको बिर्तामोड–१ की सिर्जना संग्रौलाको निधन भएको छ । संग्रौलाको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।
मनमोहन सामुदायिक अस्पताल बिर्तामाेडमा उपचारका लागि भर्ना भएकी संग्रौलाको डाक्टर एकराज गौतमले अपरेसन गरेका थिए । सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी संग्रौलाको अपरेसन डाक्टर गौतमले गरेका थिए ।
अपरेसनपछि अवस्था असामान्य बनेपछि अस्पतालमा तनाब उत्पन्न भएको थियो । पीडित परिवारले चिकित्सकको लापरवाहीका कारण संग्रौलाको अवस्था गम्भिर भएको भन्दै अस्पताल नारावाजी गरेका थिए ।
अस्पतालमा तनाब भएपछि प्रहरी तैनाथ गरिएको थियो ।
प्रकाशित मिति: २०२३-०८-१८ , समय : १०:४७:५३ , १ वर्ष अगाडि