संसद् नचल्नुमा सरकार र प्रतिपक्ष दुवै दोषी

ग्राउण्ड जिरो सम्बाददाता , २४८६  पटक हेरिएको

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले, संसद् नचल्नुमा सरकार र प्रतिपक्ष दुवै दोषी रहेको टिप्पणी गरेका छन् । आइतबारका लागि बोलाइएको संसद् बैठकमा भाग लिन संसद् भवन पुगेका उनले सूचना निकालेर बैठक स्थगित गरिएपछि सञ्चारकर्मीसङ सत्ता पक्ष अझै बढी जिम्मेवार बन्नु पर्ने बताए ।

उनले भने ‘दुनियाँको नियम हो संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई अट्याक गर्ने गाली गर्ने । सत्तापक्षले पनि प्रतिपक्षले चल्न दिएन भन्ने । तर म के भन्दै छु भने हामी दुइटै दोषी हौँ भन्ने ।’ उनले संसद् नचल्दा राष्ट्रलाई नै गम्भीर घाटा हुने बताए । ‘यो नेशनको कुरा हो । देशको कुरा हो । राष्ट्रको कुरा हो । संसद् चल्नु पर्छ ।

संसद् चल्न सरकार र पार्टीमा जिम्मेवारी लिएर बसेका मान्छेले जिम्मेवारीपूर्वक प्रयास गर्नु पर्ने उनको तर्क छ ।

प्रकाशित मिति: २०२३-०८-२० , समय : १६:५९:५७ , १ वर्ष अगाडि