प्रतिक श्रेष्ठ , ७५५ पटक हेरिएको
विराटनगर ।
विराटनगरको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीबाट एउटी छोरी जन्मीइन । उक्त छोरी लाई जन्म दिने आमा र बाबु भोजपुरको हतुवागढी गाउँपालिका ४ घर भएका २७ वर्षीय गोविन्द राई र एक यूवती थिईन । तर छोरी जन्माएकि यूवतीले उनको आफ्नो बच्च हेर्नसमेत नपाउँदै उनको बच्चा उनकै डेलीभरी गर्ने डाक्टर डा. तपेश्वरलाल कर्ण ले बेचिदिएका छन् ।
गत असार १३ गते दिउँसो बिराटनगरको ग्रिनक्रस अस्पतालमा भर्ना गरीएकाी २६ बर्षीया युवती ले असार १४ गते छोरीलाई जन्म दिएकि थिइन् । प्रेमी संगको शारीरिक सम्बन्ध बाट गर्भवती भएकी यूववतीलाई लिएर उनका प्रेमी गोबिन्द राइले भोजपुरको हुतुवागढी बाट उनलाई सुनसरी को सोनापुर बस्दै आएका थिए ।
दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर ल्याएका थिए । सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले गर्भवतीको परीक्षण गरेका थिए । लगत्तै युवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गराइएको थियो ।
प्रहरीका अनुसार वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको थियो । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी ११ उल्लेख छ । ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको थियो । अस्पतालले डिस्चार्ज दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् ।
बच्चाबिनै आफूलाई इटहरी लगेको र त्यहाँ एउटा होटलमा राखेको उनले बताइन् । बच्चा अस्पतालमै छ भनेर उनलाई भनिएको थियो । दुई दिनपछि आफ्नो केही काम छ भन्दै युवक होटलबाट हिँडेका थिए । त्यसपछि उनका प्रेमी फर्केर गएन्न् ।
होटलमै छाडेर हिँडेका गोविन्द नफर्किएपछि युवती संग गोविन्दले छाडेर गएको खर्च सकियो ।
त्यस पछि युवतीले ८ दिनपछि आफूले होटल छाडेर सोनापुरमा डेरा लिएर बसिन ।
सकुशल छोरी जन्मिएको भनेर नर्सहरूले बताएको तर डिस्चार्ज गर्दा बच्चा नदिएको उनले बताएकी छन् । आँफूले जन्माएको बच्चा साथमा नरहेको भन्दै उनले अस्पतालबाटै गायब बनाइएको थियो ।
बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चा डाक्टर तपेश्वर लाल कर्णले बेचिसकेका थिए ।
उपचारमा संलग्न चिकित्सक र उनका प्रेमि लाई प्रहरीले पक्राउ गरीसकेको छ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण विराटनगरस्थित कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) समेत हुन् । सरकारी सेवाबाट अवकाश पाएका उनले दिपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका थिए । उनी ग्रीनक्रस अस्पतालमा पनि काम गर्छन् ।
प्रहरीले पक्राउ गरेपछि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै उपचारका लागि डा कर्ण कोसी अस्पतालमा भर्ना भए । ‘प्रारम्भिक सोधपुछका क्रममा उपचारका लागि आउँदा युवतीलाई सुत्केरी ब्यथा लागेको थियो भनेर चिकित्सकले भनेका छन्,’ डीएसपी दाहालले भने, ‘बच्चा जन्मिएपछि बाबुलाई नै जिम्मा लगाएको दाबी गरेका छन् ।’ तर, गोविन्दले भने अस्पतालबाट बच्चा आफूले जिम्मा नलिएको र प्रेमिकालाई लिएर इटहरीतिर गएको बताएको दाहालको भनाइ छ ।
‘जीवितै बच्चा जन्मिएको भन्ने कुरा आएपछि प्रहरीले खोजी कार्य सुरु गर्यो ।
अन्तत : एक दिनको नवजात शिशु कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा।तपेश्वरलाल कर्णले नि:सन्तान दम्पतीलाई बेचेको पुष्टि भएको छ ।
डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलकी दिलमाया राजवंशीलाई शिशु बेचेको पुष्टि भएको हो । डाक्टर कर्णले ८ देखि १० लाख रुपैयाँ लिएर शिशु बेचेको अनुमान छ । ‘कतिमा बेचेको हो । त्यो विषयमा बाहिर आइसकेको छैन् ।
अविवाहित प्रेम जोडीबाट जन्मिएकी शिशुलाई विराटनगरस्थित ग्रिनक्रस हस्पिटलबाटै बेपत्ता गरेको आरोपमा मोरङ प्रहरीले कर्णसहति दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले उनलाई पक्राउ गरेपछि गत शुक्रवारदेखि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका डा. कर्ण मङ्गलवार दिउँसो डिस्चार्ज भएपछि प्रहरीले न्यायीक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका कर्ण र भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । प्रतिवादी राई अविवाहित किशोरीका प्रेमी हुन् । उनीसमेतको मिलेमतोमा शिशु बिक्री गरिएको अनुमान छ ।
डा.कर्णले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएका थिए । डिस्चार्ज हुँदा नवजात शिशुलाई राईले हस्ताक्षर गरेर बुझेको देखिन्छ ।
कर्णले यसअघि पनि शिशुलाई मोटो रकम लिएर नि:सन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको हस्पिटलका चिकित्सक बताउँछन् । उनी लामो समयदेखि यस्तो कार्यमा सक्रिय रहेको हुनसक्ने भएकोले प्रहरीले यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको छ ।
कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अभिभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर नि:सन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ । अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेम जोडीसँग डा।कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेको अस्पताल स्रोतको भनाइ छ ।
अन्य केही स्वास्थ्यकर्मी पनि उनको सहयोगी रहेको उनलाई नजिकबाट चिन्ने चिकित्सकहरू बताउँछन् । त्यस्ता जोडीको सम्बन्धबाट बसेको गर्भ पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर डा. कर्णले अन्यत्र बिक्री गर्दै आएका थिए ।
प्रकाशित मिति: २०२३-०८-२२ , समय : १९:४८:४८ , १ वर्ष अगाडि