इन्ट्रा अध्यक्ष दिल्ली अधिकारीले र दिलिप रायमाझीले शरणार्थी शिविरमा ३० लाख लागतमा स्वास्थ्य चौकी शिलान्यास

विकल श्रेष्ठ , १५६६  पटक हेरिएको

बिराटनगर / दमकको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी शिलान्यास गरिएको छ । यी २ शिविरमा अझै करिब ६ हजारको हाराहारीमा भुटानी शरणार्थी छन्, जस्को स्वास्थ्य अवस्थालाई ख्याल गर्दै इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले करिव ३० लाखको लागतमा स्वास्थ्य चौकी निर्माण गर्न लागेको हो ।

स्वास्थ्य चौकीमा बिरामीहरुका लागि दुइ ओटा एम्बुलेन्स पनि दिने अधिकारिले बताए | तर यी दुइ एम्बुलेन्स मध्येको एक एम्बुलेनस भने दि भ्वाइस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेरले दिने भएका हुन् | आफु बिजेता हुदा नेपाली जनता संग गरेको बाचा पुरा गर्दै किरणको तर्फबाट उनले एम्बुलेन्स दिने बताएका छन् | अर्को एउटा एम्बुलेन्स इन्ट्रा फाउन्डेसनले थप गरि दिन लागिएको किरण बताउछन | करिब तिन बर्ष भयो किरणले दि भ्वाइस अफ नेपाल सिजन ३ को ट्रफी उचालेको उनले बिजेता हुदै गर्दा भुटानी शरणार्थी शिविरलाइ एउटा एम्बुलेन्स दिने बताए | उनले ३ बर्ष बिती सक्दा पनि एम्बुलेनस भुटानी शरणार्थी शिविरलाइ उपलब्ध गराएका थिएनन | उनले दिन्छु भनेर एम्बुलेन्स नदिदा उनि माथि प्रशन पनि उठ्दै आएको थियो | किरणले यस बिषयमा प्रष्ट पार्दै भनेका छन् : मैले बिजेता हुदै गर्दा एम्बुलेन्स दिने भनेता पनि नेपालको कानुनि प्रक्रिया मिलाउन धेरै समय लागेको र आफुले नेपाललाइ माया गर्दै गर्दा धेरै दुख पाएको तितो अनुभव सुनाए | उनले भने हामि नेपाली भए पनि नेपालका लागि अनागरिक हौ | लामो समय देखि अमेरिका बस्दै आएका उनि उतैको ग्रिन कार्ड होल्डर भएकाले नेपालको कानुन सम्बत रहेर पर्क्रिया पुराएर दिनु पर्ने भएकोले समय लागेको हो | मैले गरेको बाचा भुलेको छैन म पछि सरेको पनि हैन म नेपाल आमाको छोरा हु तपाईहरुकै दाजु भाइ भएको हकले तपाई हरुले मलाई प्रशन गर्ने पूर्ण अधिकार तपाई हरु संग छ | कानुनी झमेलाको कारण केहि ढिला हुन् गएको मात्र हो तेस्का लागि सम्पूर्ण मेरा भगवान रुपी दर्शकहरु संग माफ मागन चाहन्छु |

विहिवार फाउन्डेसनका संस्थापक अध्यक्ष दिल्ली अधिकारी, नेपाल च्याप्टर अध्यक्ष तथा अभिनेता दिलिप रायमाझी दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, फाउन्डेसनका प्रवन्ध निर्देशक रुद्र बानियाँ, भ्वाइस अफ नेपाल बिजेता किरण गजमेर, कलाकार शंकर बिसि, गायक डम्बर नेपाली, पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले लगायतको उपस्थितिमा दुइ स्वास्थ्य चौकी सिल्यान्य्श र करिब ३ सय बृद्ध वृद्धालाइ भत्ता बितरण गरिएको हो ।

इन्ट्रा अध्यक्ष अधिकारीले जमिन खनेर शिलान्यास गरेका थिए । शिलान्यास गरिएको स्वास्थ्य चौकी दमक नगरपालिका र पथरी शनिश्चरे नगरपालिकाको समन्वयनमा इन्ट्राले लगानी गरेको हो । शिलान्यास गरिएको उक्त स्वस्थ्य चौकीबाट शरणार्थी शिविर भन्दा बाहिरका गाउँ बासिले पनि स्वास्थ्य सुविधा लिन सक्ने बताईएको छ ।

तस्बिरहरु :

प्रकाशित मिति: २०२३-०८-२५ , समय : १७:०९:५२ , १ वर्ष अगाडि