विकल श्रेष्ठ , १९५१ पटक हेरिएको
केही दिनअघि निधन भएका अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ ।
केहि समय आगाडी छोरा गुमाएका सानु ताम्राकार पुत्र बियोग्मै थिए | उनि अस्पतालमा रहदै गर्दा पनि सानुले छोराको मृत्यु सुइकार्न सकेका थिएन्न | सानु ताम्रकारले संसार छाड्नु अघि उनले सारुख लाई खोज्दै सारुख आयो सारुखाले भात खायो भनेर सोधेका थिए | पिता सानु ताम्राकारले अन्तिम समयमा पनि छोरा सारुख ताम्राकारको नाम लिदै अस्पतालको बेडमै बुवा सानुले अन्तिम सास फेरेर उनले यो संसार छाडे | केहि समयको अन्तरालमा छोरा र श्रीमान गुमाउनु पर्दा आमा रुकमणि ताम्राकारको अवस्था यति बेला नाजुक रहेको छ | उनि माथि परेको बज्रपातको सायदै तपाई हामी अनुमान लगाउन सक्छौ |
कलाकार तथा जादूगर समेत रहेका सानु ताम्राकारको शनिबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो | ‘छोराको निधनपछि उहाँको स्वास्थ्यमा समस्या देखिएको थियो । किड्नीमा समस्या देखिएपछि उहाँलाई २८ दिनसम्म नर्भिकमा उपचारका लागि भर्ना गरिएको थियो । उहाँको सनिवार ३:२० मा निधन भएको हो ।’
७५ वर्षिया ताम्राकार मिर्गौलाको समस्याबाट पीडित थिए ।
शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका थिए ।
उनको निधनसँगै पुत्र वियोगमा रहेको बेला अस्पताल भर्ना भएका ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उनका छोरा तथा सारुक ताम्राकारले आत्महत्या गरेका थिए ।
उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
प्रकाशित मिति: २०२३-०८-२७ , समय : १२:४८:१४ , १ वर्ष अगाडि