विकल श्रेष्ठ , ३११६ पटक हेरिएको
बिराटनगर / २०८० सालको गाइजात्राको बिरानगर प्रहशन शनिवार सम्पन्न भएको छ | बिशेष गरि बर्षमा एक पटक आउने कमेडियनहरुको महान चार्ड गाईजात्रा काठमाडौंमा हुदै आएको थियो |
यस कार्यकर्ममा नेपालका शिर्ष नेता हरुलाइ आगाडी राखेर देशमा समाजमा भएका बिकृतिहरुलाई गम्भीर रुपमा शुष्म ढंगले आरोप लगाउने आछेप लगाउने, प्रहार गर्ने र समाजलाइ सकर्त्मा दिशा तिर लैजान हास्य ब्यङ्गको माध्यमबाट गाइजात्राले गर्दै आइरहेको छ | तर कोरोना महामारीको समयदेखि रोकिँदै आएको गाईजात्रा शो यस वर्ष देखि पुन प्रहशन भएको छ | यस अघि २०७६ सालमा ब्रान्ड विथ प्रालिले प्रदेश प्रदेशमा गाइजात्रा भनेर आयोजना गरेको थियो | यस बर्ष २०८० सालको गाइजात्रा लान्स क्लब अफ बिराटनगर इनभिजनले आयोजना गरेको हो | सो कार्यकर्ममा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल (चिप्लेटी अंकल), सीता न्यौपाने, प्रभात लामा, रुबिना अधिकारीलगायतका कलाकारहरुले प्रस्तुति दिएका थिए |
लान्स क्लबले आयोजना गरेको २०८० सालको गाइजात्रामा प्रदेशका खाने पानि तथा सिचाई मन्त्रि प्रदिप सुनुवार, मोरंग प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , कोशी प्रदेश सभा सदस्य भिम पर्वाजुली , राजेश चौधरी , गणेश उप्रेती लग्यताका नेताहरुलाइ अगाडी राखेर गाइजात्र प्रहसन गरिएको थियो | सोहि कार्यकर्ममा महेश जाजु, प्रकाश मुन्द्रा, भिम घिमेरे, मनोज बिक्रम शाह लगायत बिरानगरका ब्यापारिक घरानाका बिशिष्ठ व्यक्तिहरु गाइजात्रा हेर्न आरोहन गुरुकुल पुगेका थिए |
२०८० सालको गाइजात्रा हेर्न एक हजारको टिकट राखिएको थियो | ४२५ जनाको सिट रहेको आरोहन गुरुकुलको नया भवन दर्शक हरुले खचाखच भरिएको थियो |
गाइजात्राले समेटेको नया पुस्ताले गाइजात्राको भबिष्य कता तिर मोडिनछ ?
अरु सबै कलाकारको प्रश्तुति सामान्य भए पनि नया पुस्ताका कमेडियन सिता नेउपानेको भने अलिक फरक रहेको थियो | उनिले नेप ग्यासम कै सैलिमा मन्त्रि देखि दर्शक सम्मलाई उडाए | उनले बिशेषत खाने पानि तथा सिचाई मन्त्रि प्रदिप सुनुवारलाइ जिस्काएर भुत्तुकै बनाइन | उता मन्त्रि पनि रोस्ट न बुझेर सिताले गरेको रोस्टमा हासेको जस्तो गरिरहेका थिए | सिताले मन्त्रि सुनवारको ठुलो भुडीका कारण कोटको टाक खोलेर बसेको देखि पार्टी सम्मलाइ ब्यङ्ग गरेकि थिइन | उनले पछि मन्त्रि भन्ने थाहा पाए पछि भने झन् उडाइन | नेउपानेको युवा सैलिलाई गाइजात्रामा रुचाइएला न रुचाइएला अब तो हेरन भने बाकी नै छ | नया पुस्ता माझ लोकप्रिय कमेडी शो कमेडी कल्ब विथ च्याम्पियनका मेक्सम गौडेल र सुन्दर खनाल भने उही सो को क्यारेक्टरमा देखिए | सुन्दर खनाल ”चिप्ल्याउने अंकल” र मेक्सम ”छबि लामिछाने” बनेर प्रहशन दिएका थिए | त्यस्तै नया पुस्ता कै तर पुरानो पुस्ताको पद चाप लाइ सम्मान गर्दै अगाडी बढी रहेका प्रभात लामा भने कमेडीका बादशाह मनोज गजुरेल संग स्टेजमा देखिए | प्रभात लामाले ” महावीर पुन” र मनोज गजुरेल भने एलियन मस्कको क्यारेक्टरमा प्रस्तुत भएका थिए | तेस्तै नया पुस्ता र पुरानो पुस्ताको बिच्चमा रहेका सुबोध गौतम (एक्दुमे) ले उही पुरानै नेता हरुको क्यारिकेचर गरेका थिए हुनत उनको बिशेषतापनि तेही हो | नया क्यारेक्टर गर्न माहिर मनोज गजुरेलले उक्त कार्यकर्ममा ३ ओटा क्यारेक्ट प्रहशन गरेका थिए | प्रहसन बाट दर्शक हसाउन न सकिएला कि भन्ने डरले होला प्रहशनको बीच बीचमा दर्शकलाइ भुलाउन डान्सर तथा मोडेल रुबिना अधिकारी लाइ बोलाइएको थियो | रुबिनाले डान्सको ठुमका लगाउदा उपस्थित नेता तथा दर्शक हरु मख्ख देखिन्थे |
आयोजक भने २०८० सालको गाइजात्रा कार्यकर्म आयोजना गरेर आफुहरु लाइ घाटा न भएको र बिशिष्ठ दर्शकहरु बाट फेरी फेरी यस्ता कार्यक्रम गर्न प्रोत्सहन मिलेको बताउछन |
तस्बिरहरु :
प्रकाशित मिति: २०२३-०८-२८ , समय : १४:०६:४४ , १ वर्ष अगाडि