इराकमा मारिएको १२ नेपाली हत्या १९ बर्ष पुग्यो | देशका विभिन्न भागमा १२ ओटा मैनबत्ती बालेर सम्झना

विकल श्रेष्ठ , ७२८९  पटक हेरिएको

बिराटनगर / वैदेशिक रोजगारिको सिलसिलामा इराक पुगेका १२ नेपालिलाई निर्मम तवरले हत्या गरेको १९ वर्ष पुगेको सम्झनामा हिजो भाद्र १५ गते देशका विभिन्न भागमा दिप प्रज्वलनसहित श्रद्धाञ्जली सभा गरिएको छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को अग्रसरतामा इटहरी लगायत देशका विभिन्न भागमा १२ ओटा मैनबत्ती बालेर सम्झना गरिएको हो ।

श्रद्धाञ्जली सभामा चलचित्रकर्मीहरु तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रम ईटहरी, धरान, बिराटनगर , बिर्तामोड, भोजपुर, उदयपुर, बेलबारी, खनार लगायतका स्थानमा सम्पन्न भएको थियो । रोजगारिको सिलसिलामा इराक पुगेका १२ नेपालि हरुलाई ईराकको बिद्रोही समुह द आर्मी अफ अल अंसार अल सुन्नाले सन 2004 सेप्टेम्बर 1 तारिख ( वि सं २०६१ भाद्र १५ गते) का दिन हत्या गरेको थियो । उक्त हत्या भएको भोलि पल्ट अर्थात आज भाद्र १६ गते सर्वसाधारण जनताले हत्याको बिरोधमा देश्भरिका मेनपावरहरु तोडफोड तथा आगजनी गरेका थिए । जसमा करोडौको क्षति भएको थियो । त्यही समय देखि मेन पावर व्यवसायीहरुले भाद्र १६ लाई कालोदिनको रुपमा मनाउदै आएको छ । वि.सं २०६१ भाद्र १५ ( 2004 Sept 1) को घटनामा मारिने हरुमा हात्तिखर्क धनकुटाका मंगल लिम्बू, सुरुङ्गा झापाका प्रकाश अधिकारी, चिसापानी खोटाङका राजेन्द्र श्रेष्ठ, खोटाङकै ज्ञानेन्द्र श्रेष्ठ,धनुषाका संजय ठाकुर, धनुषाका मनोज ठाकुर, धनुषाका बुधन शाह, धनुषाका ललन सिंह कोईरी, ललितपुरका रमेश खडका, लमजुङका बिष्णुहरि थापा, गोर्खाका जित बहादुर थापा र रोल्पाका झोक मगर रहेका थिए । हत्या भएको १९ बर्ष बित्दा पनि अहिले पनि युवाहरु अवैध तवरले बिदेश भित्रीने क्रम उस्तै रहेको छ । यसरी अवैध रुपामा भित्रीएका अधिकांश युवाहरु अलपत्र पर्ने गरेका छन । यहि जनचेतना फैलाउने उदेश्यका साथ १२ नेपालिले भोगेको पीडा अरु कसैले भोग्नु नपरोस भनेर दिप प्रज्वलन गरिएको थियो । यस्तै जनचेतना फैलाउनको लागि मृतकहरुको बारेमा अध्ययन अनुसंधान गरेर निर्देशक अरुण कुमार प्रधानले सत्य घटनामा आधारित रहेर ‘१२ नेपाली एक चिहान’ निर्माण गरेका छन । विभिन्न देश बिदेशको प्रदर्शन पश्चात् नेपालमा मंगसीरमा रिलिज गर्ने योजना रहेको छ ।

प्रकाशित मिति: २०२३-०९-०३ , समय : १५:१५:३७ , १ वर्ष अगाडि