ग्राउण्ड जिरो सम्बाददाता , १००६५ पटक हेरिएको
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ ।
सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको हो । नेपालले पाएको ७५ रनको लक्ष्य १० ओभर ३ बलमा नै पुरा गर्यो।
नेपालमा जितमा काजोल श्रेष्ठले ३२ रन बनाइन् । यस्तै सीता राना मगरले १७ र इन्दु बर्माले नट आउट २० रन जोडिन् । इन्दुले १२ बलमा २० रन बनाएकी हुन् । सीताले २३ मा १७ रन र कविताले २८ बल खेल्दै ३२ रन बनाएकी हुन् ।
यो जितसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेकाे छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो ।
नेपालले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।
प्रकाशित मिति: २०२३-०९-०४ , समय : १०:१०:४२ , १ वर्ष अगाडि