अर्जुनकुमार आचार्य , ७९१ पटक हेरिएको
काठमाडौं
, काडमाडौंबाट दिल्ली, कोलम्बो ट्रान्जिट फ्लाइट
बनाउन सुरु गरेका छौं,’ उनले भने, ।।।गौतमबुद्ध विमानस्थल र पोखरा
विमानस्थल अरबौं लगानी गरेर बनाएको हो । यसलाई संचालन गर्नुपर्ने
दायित्व छ । हाम्रो लेबलमा कुटनीतिक पहल भइरहेको छ र भारत भ्रमणमा
जाँदा पनि प्रधानमन्त्रीज्यूले हवाइ रुटको विषयमा कुरा गर्नुभएको छ
र चाइना भ्रमणमा जाँदा पनि त्यो स्तरको छलफल हुन्छ ।’
किराँतीले अन्तरप्रदेश उडान नहुनुको कारण सरकारी जहाज नहुनु रहेको
बताए । ।।।सरकारी जहाज नभएको हुनाले बजारमा हामीले हस्तक्षेप बढाउन
सकिएको छैन । नीजि क्षेत्रका जहाजहरुलाई घोक्रेठ्याक लगाएर लान पनि
हुँदैन । उहाँहरु घाटा पर्नुभयो होला जान मान्नुभएन । तर, अब
अन्तरप्रादेशिक उडान गर्ने हो,’ किराँतीले भने ।
यस्तै देशभरका २२ वटा विमानस्थलहरु खाली रहेको बताउँदै त्यस्ता
एयरपोर्टलाई व्यवसायीक ढंगले संचालन गर्न सरकारले जहाज किन्ने
उनले बताए । ।।।यहाँ नाफा चाहिं हुँदैन । राष्ट्रिय ध्वजाबहाहकको
उत्तरदायीत्व मात्रै हो । घाटा हुन्छ । घाटा भएपनि राज्यले जनतालाई
सुविधा दिनुपर्छ,’ किराँतीले भने, ।।।वर्षौं अगाडिदेखि ग्राउण्डेड
भएको एउटा जहाज रहेछ । त्यो अब एक डेढ महिनाभित्र बन्दैछ ।
त्यसपछि हामीसँग तीनवटा हुन्छ । दुर्गम जाने गरी थप ३ वटा जाहाजहरु
किन्ने अन्तिम तयारीमा हामी पुगेका छौं । त्यसपछि पहाडी जिल्लामा
व्यवसायीक उडान गर्छौं ।’
तीनवटा जहाल प्राधिकरणले आफ्नै पैसाले किन्ने पनि उनले बताए ।
।।।हामी मन्त्रालयमा आएपछि अपरेसनल कस्टमा नाफामा गयौं । एकातिर
पौने ४ अरब ऋण तिर्यौं । अर्कोतिर ३ वटा जहाज किन्न सक्ने भएका
छौं
,’ किराँतीले भने ।
उनले हिंजो राजनीतिक प्रेसरको कारणले एउटा जिल्लामा ३ वटासम्म
बिमानस्थल बनेको भन्दै अब आवश्यकताका आधारमा मात्रै विमानस्थल बन्ने
बताए । ।।।भन्दा मान्छेलाई रिस उठ्छ । तर, विराटनगरमा यत्रो एयरपोर्ट
छ, धरानमा अर्को एयरपोर्ट चल्छजस्तो मलाई लाग्दैन । यति नजिक–
नजिक एयरपोर्ट बनाएर हामी के गर्न खोज्दैछौं । यो बसस्टेण्ड हो र
? यो त जहाज उड्ने हो नि । अरबौं खर्च गरेर एयरपोर्ट बनाउने अनि
गाइ चराउने त हुनसक्दैन,’ उनले भने, ।।।बरु ८ लेनको रोड बनाए
आधा घण्टामा धरानबाट विराटनगर आउने वातावरण बनाउनु पर्छ । बरु
विराटनगरको विमानस्थल विस्तार गर्ने तिर लाग्नुपर्छ ।’
उनले विराटनगरबाट क्षेत्रीय उडानका लागि टर्मिनल भवन नयाँ बनेको
उनले बताए । त्यसपछि न्यारोबडी जहाजहरु उडाउन सकिने उनको दाबी छ
। ।।।अहिलेलाई यति नै काफी छ । सरकार आर्थिक हिसावले समस्यामा परेको
छ । बनाउने फेरि नचलाउनु भन्दा भएकोलाई उपयोग गर्ने हो ।
त्यसलाई व्यवसायीक रुपमा संचालन गर्न नसक्दा राष्ट्रलाई घाटा हुन्छ ।
केही वर्ष यही क्षमताको विमानस्थलबाट क्षेत्रीय उडान गर्न सकिन्छ,’
किरातीले भने ।
उनले काठमाडौंको सिण्डिकेटलाई तोड्नकै लागि विराटनगर, पोखरामा
जहाज बास बस्नुपर्ने भनेर निर्णय गरिएको स्मरण गरे ।
अर्को प्रसगंमा उनले ४६ सालपछि यति राम्रो काम गर्ने यो पहिलो सरकार
भएको दाबी गरे । यही गठबन्धनको सरकार ५ वर्ष टिक्ने बताउँदे
सहमतिलाई अक्षरस पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए । आफू
मन्त्रीभएपछि अघिल्लो मन्त्रीहरुले नियुक्ति गर्न नसकेकाहरु
नियुक्ति गरेको र अहिले विवाद तथा झैझमेला, मुद्दा मामिला पनि
नपरेको उनले बताए ।
लाक्र्याल लामा राष्ट्रिय सहमतिको मान्छे भएको उनको भनाइ छ ।
काँग्रेसको पालामा गुम्बा विकास समितिको अध्यक्ष बनेको, एमालेको
पालामा संविधानसभा सदस्य र अर्थराज्यमन्त्री बनेको भएपनि संवैधानिक
निकायहरुले दोषि नभनेको उनले बताए । ।।।बुद्धिजममा पिएचडि गरेको,
संविधानसभामा दुईपटक सदस्य बनेको, माओवादीको केन्द्रीय
सदस्यलाई नियुक्ति गर्नु जायज काम हो । मान्छे विवादित होइन
बनाइएको हो,’ किराँतीले भने । विरोध गरेर मात्रै आफू राम्रो
भइन्छ भन्ने नेपाली संस्कृति रहेको उनले दाबी गरे ।
पृथ्वीनारायण साहले भ्रष्टाचारी देशका सत्रु हुन् भनेको भएपनि अहिले
सरकारले कारबाहीको दायरामा ल्याएकाहरु उच्च तहका रहेको उनले बताए ।
पर्यटनको क्षेत्रमा नेपालको प्रकृति र संस्कृतिलाई ब्राण्डिब गर्नुपर्नेमा
उनले जोड दिए । ।।।हामीले देखाइने जात्रालाई विश्वमा ब्राण्डिब गर्न
सकियो भने वा एक दिने जात्रालाई ५ दिने बनाएर लाखौं मानिस उतार्न
सकियो भने, रैथाने फुड फेष्टीबलहरु गर्न सक्यौं भने हामीलाई
फाइदा हुन्छ । हामीले त्यसखालका नयाँ कार्यक्रम बनाउन
खोजिरहेका छौं ,’ किराँतीको भनाइ छ ।
प्रकाशित मिति: २०२३-०९-०४ , समय : १०:१८:५१ , १ वर्ष अगाडि