डेंगी संक्रमित सबैभन्दा बढी कोशी प्रदेशमा

ग्राउण्ड जिरो सम्बाददाता , ९९६  पटक हेरिएको

काठमाडौं । डेंगी संक्रमणबाट पछिल्लो तीन महिनामा १४ जनाको मृत्यु भएको छ । जुन, जुलाई र अगस्टमा १४ जनाको मृत्यु भएको हो ।
तिन महिनामा संक्रमितको संख्या २३ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ४ सेप्टेम्बरसम्म संक्रमितको संख्या २३ हजार १२७ पुगेको हो ।

अगस्टमा मात्रै १५ हजार २८४ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । सबैभन्दा धेरै संक्रमित कोशी प्रदेशमा १७ हजार ५३० जना छन् ।

त्यस्तै, वाग्मतीमा तीन हजार २७७, मधेसमा ५१९, गण्डकीमा ६८३, लुम्बिनीमा ३९०, कर्णालीमा ४८ र सुदूरपश्चिममा ६८० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: २०२३-०९-०५ , समय : १७:३८:३६ , १ वर्ष अगाडि