ग्राउण्ड जिरो सम्बाददाता , २५८४ पटक हेरिएको
विराटनगर । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् ।
डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य गिरोह बुढीगंगा गाउँपालिकाको बाँसबारीका रिजवान मियाँसहित ६ जनालाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।
लुटेरा समूहले प्रहरीको चाइनिज पेस्तोल म्यागेजिनबाट फाइरिङ नभएपछि उनीहरूलाई आक्रमण गरेर हतियार लुटेर लगेको अनुसन्धानबाट खुलेको छ ।
सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना सङ्कलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । उनीहरू शुक्रवार साढे १२ बजे बर्जू गाउँपालिका १ शुक्रबारेमा पुगे ।
‘त्यहाँ पुग्ने बित्तिकै लुटेरा समूहसँग सादा पोषकको प्रहरीको जम्काभेट भयो । ४ जनाको लुटेरा समूहलाई प्रहरीले देखेपछि साथमा बोकेको चाइनिज पेस्तोल र म्यागेजिन तेर्साए र फाइरिङ गर्न खोजे । तर अन लक उनीहरूको हतियार फाइरिङ भएन । त्यसपछि लुटेरा समूह अगाडी बढेर प्रहरीको साथमा भएको हतियार र गोली खोसेर आक्रमण गरी फरार भए,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने, ‘लुटेरा समूहसँग पनि हतियार रहेको थियो । उनीहरूले पनि फाइरिङ गर्न खोजको रहेछन् । उनीहरूको पेस्तोलबाट पनि गोली झरेपछि त्यहाँ फाइरिङ भएन र मानवीय छती हुनबाट जोगियो ।’
लुटेराले प्रहरीको साथमा भएको ठुलो चाइनिज पेस्तोल र सात राउन्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको लुटेर लगेको चाइनिज पेस्तोल र लुटेरासँग भएको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । यस्तै प्रहरीले उनीहरुको साथबाट लुटेको मोवायल, रकम पनि बरामद गरेको छ ।
पक्राउ परेका अन्य व्यक्तिको नाम प्रहरीले गोप्य राखेको छ । आज आइतबार दिउँसो पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी गरेको छ । सुनसरी र मोरङमा श्रृंखलावद्ध लुटपाट र प्रहरीको हतियार लुटेर समूह पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । ‘श्रृंखलावद्ध लुटपाट गर्ने समूह पक्राउ परेका छन्,’ उनले भने, ‘विस्तृतमा जानकारी केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी दिनेछौँ ।’
प्रकाशित मिति: २०२३-०९-१० , समय : ०८:४२:२५ , १ वर्ष अगाडि