ग्राउण्डजिरो न्यूज सम्बाददाता , २८५१ पटक हेरिएको
विराटनगर, सुनसरी मोरङका उद्योग हरुले कच्चा पदार्थको अचयात अन्य नाका बाट गर्न थाले पछि बिराटनगर भन्सार कार्यालयको मासिक राजश्व असुलीमा ह्रास आएको छ ।
विराटनगर भन्सार कार्यालयको राजश्व असुलीको मुख्य स्रोत भारतमा बनेको गार्मेन्ट उद्योगका उद्योगी र व्यवासयी रहेका छन् । तर पछिल्लो समय २० भन्दा बढि भारतीय गार्मेन्ट उद्योगका संचालकहरु विराटनगर भन्सार कार्यालय छोडेर नेपालको अन्य नाका भएर गार्मेन्ट निर्यात गरिरहेका छन् । विराटनगर भन्सार कार्यालयको राजश्व घट्नुमा भारतीय गार्मेन्ट नै रहेका छन् ।
यस बाहेक एक पटक विराटनगर भन्सार कार्यालयबाट सामान आयात गर्ने उद्योगी व्यवसायी अर्को पटक विराटनगर भन्सार कार्यालयबाट सामान आयात गर्न चाहदैनन् र उनीहरु नेपालको अन्य नाकाबाट सामान आयात गर्न रुचाउँछन् । ११ लाख रुपैयाँ राजश्व लाग्ने सामानमा विराटनगर भन्सार कार्यालयले पछिल्लो समय भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालको दवाबमा भन्सार प्रशासनले २८ लाख रुपैयाँ राजश्व लिएर सामान छोडने गरेका कारण ब्यावसायी हरु अन्य नाकाको प्रयोग गर्न रुचाउँछन् ।
जसका कारण पछिल्लो समय विराटनगर सहित पूर्वको बजारमा सामानको मुल्य ५० प्रतिशतले बढेको छ । काठमाडौं, विरगंज, भैरहवाको तुलनामा विराटनगर बजारमा हाडवेयर, विद्युत र कपडाको मुल्य ५० प्रतिशतले बढेको छ । जसको कारण काठमाडौं, विरगंज, भैरहवाबाट सामान ल्याएर विराटनगरमा विक्री गर्ने व्यसायीको सामान सस्तो हुने तर विराटनगर भन्सार कार्यालयबाट भित्र्याएको सामान ५० प्रतिशतले महंगो हुँदा व्यवसायीको कारोबाट समेत धारासाही हुन थालेका छन् । देशको अन्य ठाउँबाट ल्याएको सामान सस्तो हुँदा उसैको सामान विक्री हुने तर विराटनगर भन्सार कार्यालयबाट भित्रीएको सामान महंगो हुँदा विक्री हुन छोडेकोले व्यवसायीको कारोबार समेत प्रभावित भईरहेका छन् ।
भन्सार कार्यालयले ५० प्रतिशतले मात्र राजश्व असुली गरिरहेको छ । कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा ५५ अर्ब रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेको छ । सरकारले दिएको लक्ष्य अनुसार कार्यालयले प्रत्येक दिन १४ करोड ९७ लाख रुपैयाँ राजश्व असुली गर्नुपर्ने हो । तर प्रत्येक दिन कार्यालयले ८ करोड रुपैयाँको हाराहारीमा राजश्व असुली गरिरहेको छ । जुन लक्ष्यको तुलनामा ५० प्रतिशतले मात्र राजश्व असुली हो ।
प्रकाशित मिति: २०२४-०१-१६ , समय : १४:१८:४३ , १ वर्ष अगाडि