राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते बजेट पुस्तिका

ग्राउण्डजिरो सम्बाददाता , २०३२१  पटक हेरिएको

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट पुस्तिका च्यातेका छन् । उनले बजेटप्रति सुरुबाट नै विरोध जनाउँदै आएका थिए । प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव र बजेटमाथि छलफल गर्न रोष्टममा पुगेका लिङदेनले सम्बोधनका क्रममा भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् ।

उनले भने , ‘सामान्यतयाः म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर यहाँ राख्छु मैले !’

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा परेपछि नै आफूलाई रिस उठेको बताए ।

उनले सामान्य लाज घिन समेत नराखेर सरकारले मनपरी गरेको आरोप लगाएका छन् । उनले आफूखुसी जिल्लाको नाम समेत नराखी योजनामा बजेट राखेको बताए ।

सांसद लिङ्देनले सामान्य लाज घिन पनि नमानेर राज्य संयन्त्रमाथिको मनपरी कति दिन मानिसहरूले सहेर बस्ने हो भन्दै प्रश्न गरे । बजेट पुस्तिकामा जिल्लाको नाम राख्दा धेरै देखिन्छ भनेर जिल्लाको नाम नै नराखीपनि बजेट व्यवस्था गरिएको बताए । लिङ्देनले यसो भनिरहँदा कांग्रेस सांसदहरुले समेत टेबल ठोकेर समर्थन गरेका छन् ।

उनले अहिले उन्नत भनिएको व्यवस्था आउनुभन्दापनि अगाडि योजना छनौटका प्रक्रिया रहेको, बस्तीतहबाट, वडा, वडाबाट गाविस हुँदै आठ नौ वटा चरण पूरा गरेपछि मात्रै योजना छनौट हुने गरेकोमा अहिले मन्त्रीको मुख र गोजीबाट निस्कने चिर्कटोबाट बजेट बन्ने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

अहिले बजेट बनाउँदा मन्त्रीहरूले मनपरी गरेको बताउँदै राप्रपाले भनेको अहिलेको राज्य प्रणाली परिवर्तन गर्नुपर्छ भन्ने कुरालाई पुष्टि गरेको बताए । कुनै निर्वाचन क्षेत्रमा एउटा पनि विकासको कार्यक्रम नपर्ने र कुनै क्षेत्रमा अर्बौँको बजेट पारिएको र विधि भत्काउने काम भएको उल्लेख गरे ।
‘प्रधानमन्त्रीलाई गोरखा दुई भए पुग्छ । मन्त्रीलाई आफ्नो ठाउँ भए पुग्छ । बाउले कमाएको सम्पत्तिमा पनि आफूखुसी गर्न पाइन्न । यो त सरकारको सम्पत्ति हो । यो निर्वाचन प्रणाली सुधार गरौँ ।’भन्दै रोस्टम मै लिन्देंली आग्क्रोश पोखेका थिए।

प्रकाशित मिति: २०२४-०६-१८ , समय : २०:५६:०१ , ७ महिना अगाडि