ग्राउण्डजिरो सम्वाददाता , २००४१ पटक हेरिएको
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सांसदहरुलाई मन्त्रीले गर्ने काममा राजनीति नगर्न आग्रह गरेका छन्।
बिहीवारको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।
उनले विकासका कुरामा राजनीति नगरिदिए देश धेरै अघि बढ्ने पनि बताए। उनले विकासका कुरा राजनीतिक दल एकछिन बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने र नागरिकले सुख पाउने जिकिर गरे।
उनले सामाजिक सुरक्षा कोषका बारेमा सरकार गम्भीर रहेको पनि बताए। उनले सामाजिक सुरक्षा कोषका बारेमा प्रचारप्रसार गर्न नसकिएको पनि बताए।
मन्त्री अर्यालले सरकारले आफ्नै कर्मचारीलाई सामजिक सुरक्षा कोषमा लैजान नसक्ने र निजी क्षेत्रलाई जबरजस्ती गर्नेकुरा सही नभएको बताए।
प्रकाशित मिति: २०२४-०६-२० , समय : २०:२७:२८ , ७ महिना अगाडि