अष्ट चिरञ्जीवी मन्दिर विराटनगरको १५ औं वार्षिकोत्सब, एकसाथ विविध कार्यक्रम गर्दै सम्पन्न

ग्राउण्ड जिरो सम्बाददाता , ४९५४  पटक हेरिएको

विराटनगर, विराटनगर ८ मा रहेको बाल संस्कार तथा युवा जाग्रिती केन्द्र (अष्ट चिरञ्जीवी मन्दिर) विराटनगरको १५ औं वार्षिकोत्सब, सामुदायिक भवनको उद्घाटन तथा दाता सम्मान कार्यक्रम एक साथ गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विराटनगरका विभिन्न सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले धार्मिक मुल्य मान्यता,भाषा संस्कृतिको जगेर्नामा गर्नु आजको आवश्यकता भएको बताए । नयाँ पुस्तामा सामाजिक ,धार्मिक तथा नैतिक शिक्षा दिन आवश्यक रहेको सुझाए । कतिपय सामाजिक तथा नैतिक पक्षहरु कमजोर बन्दा पुराना पुस्ता र नयाँ पुस्ताको समन्वयमा समेत समस्या देखिने गरेको बताए । समाज सन्तुलनमा हिडाउन सवैखाले विषयवस्तु आवश्यक रहने भन्दै पराजुलीले धार्मिक मुल्य मान्यताका कुरालाई जोगाएर अगाडि बढ्नुपर्ने बताए ।
उनले मन्दिर तथा सामुदायिक भवन निर्माणमा सघाउने र सम्मानित हुनेहरुलाई धन्यावदा ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न दाता तथा सुभेच्छुकहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा लिला खरेल, प्रविन प्रमिला जोशी, अरुण वर्खा न्यौपाने, बेनीगोपाल मुन्दडा,रामकृष्ण नेपाल,मात्रिका पोखरेल, गणेश मुखिया, रोहित कार्की, राजकुमार मण्डल, योगेश भट्टराइर्, उज्जल प्रसाई, गौरव गाडोदिया, श्रवण अग्रवाल , निर्मल सुवेदी, दीपक ढुङ्गेल, प्रभु साह, अर्पना दाहाल पन्त लगायत २२ जनालाई सम्मान गरिएको मन्दिरका अध्यक्ष विनायक पन्तले जानकारी दिए । उक्त सामुदायिक भवन २२ लाखको लागतमा बनाइएको छ । अध्यक्ष पन्तकै अगुवाईमा मन्दिर समुन्नत बन्न पुगेको छ ।

प्रकाशित मिति: २०२४-०७-१३ , समय : २३:०२:०३ , ६ महिना अगाडि