ग्राउण्डजिरो सम्बाददाता , ९५७ पटक हेरिएको
विराटनगर । पुर्वका नाका बाट प्रहरीकै मिलेमतोमा तस्करी मौलाएको छ । प्रहरीका सादा पोसाकका कर्मचारी हरुले मासिक रुपमा लाईन मिलाएर तस्कर हरुबाट मोटो रकम असुल्ने र तस्करी लाई प्रोत्सान गर्ने गरेका छन् । तस्करसँग मासिक एक लाख सम्म रकम लिएर लाइन मिलाइदिने काम प्रहरीका सादा पोसाकका प्रहरीहरुले गर्ने गर्छन । जसका कारण सिमानाकामा खटिएका प्रहरी जवान तस्करले सामान कटाउँदा लाईन मिलाएर राखिएको प्रहरीको टोलीको डिउटि टाइममा सामात नेपाल भित्रने गर्द छ । सिमानाकामा कुनै प्रहरीले सामान समाते तस्कर हरुले नै धम्काउने गरेको छ । एक प्रहरीले भने, ‘हामीले केही गर्न सक्दैनौँ माथिबाट नै लाइन मिलाएर तस्करी हुने गर्छ । बोल्यो कि सरुवा गरिदिन्छन् । त्यहि भएर चुपचाप बस्नुपरेको छ ।’ तर जोगवनी गएर ५ सय र १ हजारको समान ल्याउने स्थानीयलाई भने प्रहरीले अपराधी जस्तो व्यबहार गर्ने गरेको छ ।
मोरङको सिमानाकामा कस्ले गर्छ तस्करी ?
लामो समयदेखि कपडा तस्करीमा सक्रिय सवनम, धिरु काली, बब्लु, मिथुन, गुड्डु लगायतले प्रहरीलाई मासिक १ लाख सम्म रकम बुझाउने गरेका छन् । जसका कारण उनीहरूले कुनै रोकटोक तस्करी गरिरहेका छन् । यस्तै लामो समयदेखि सुन र पैसा तस्करी गरिरहेका मर्गुव मिँयाले मासिक १ लाखभन्दा बढी रकम बुझाउने गरेका छन् । लामो समयदेखि तस्करी गर्दै आएका सौरभले पनि मासिक १ लाख ५० हजारसम्म माथिल्लो निकायलाई बुझाउँछन् भने सिमानाकामा भएको इलाका प्रहरी कार्यालय रानीलाई मासिक ५० हजार र सिना प्रहरी चौकी लाई ५० हजार देखी १ लाख सम्म बुझाउने गरेका छन् ।
लामो समयदेखि सुपाडीको तस्करी गर्दै आएका मुन्ना सुपारीले सिमानाकामा भएका प्रहरी र घुमुवा प्रहरीहरुलाई मासिक ३० देखि ४० हजार बुझाउँछन् । यसैगरी कवाडीको तस्करी गर्ने देवु शाह, किरानाको तस्करी गर्ने रोसनी र किरानाकै तस्करी गर्ने विनोदले मासिक १ लाखसम्म रकम बुझाउने गरेका छन् । यि त विराटनगर आसपासमा रहेर तस्करी गर्ने तस्कर हुन । यि बाहेक मोरङमा रहेका विभिन्न नाकाबाट तस्करी गर्ने तस्करहरूले मासिक रूपमा स्थानिय प्रहरी चौकी र मोरङ प्रहरी प्रमुख सम्मलाई रकम वुझाउने गरेको प्रहरी स्रोतले बताउँछ ।
सशस्त्र प्रहरीलाई कसले कति रकम बुझाउँछन् ?
सशस्त्र प्रहरीलाई पनि यिनै तस्करले रानी विओपी सम्मलाई मासिक मोटो अबैध रकम बुझाउँदै आएका छन् । सिमा सुरक्षामा सबैभन्दा जिम्बेवार भुमिका निर्वाह गर्नुपर्ने शसस्त्र प्रहरीले नै तस्करीको लाइन मिलाउन लागिपरेको छ ।
लामो समयदेखि कपडा तस्करीमा सक्रिय सवनम, धिरु काली, बब्लु, मिथुन, गुड्डु लगायतसँग सशस्त्रका माथिल्लो निकायले मासिक १ लाखसम्म उठाउने गरेका छन् । यस्तै विओपी रानीले मासिक तस्करहरुसंग तीन लाख सम्म मोटो अवैध रकम असुल्ने गरेका छन् ।
लामो समयदेखि सुन र पैसा तस्करी गरिरहेका मर्गुव मिँयासँग रानी विओपी र जिल्लाका माथिल्लो निकायले १ लाखसम्म लिने गरेका छन् । लामो समयदेखि लागुऔषधको तस्करी गर्दै आएका सौरभले सशस्त्रका घुमुवा प्रहरी र प्रहरीका धुमुवाहरुलाई मासिक २ लाखसम्म बुझाउने गरेका छन् । जस्ले अवैध लिएको रकम माथिल्लो निकाय सम्म पुर्याउने गर्छन् ।
यसैगरी कवाडीको तस्करी गर्ने देवु शाह, किरानाको तस्करी गर्ने रोसनी र किरानाकै तस्करी गर्ने विनोदले पनी मासिक १ लाखसम्म वुझउने गरेका छन् ।
पैसा उठाउन खट्छन् हवल्दार बिनोद यादव ,बरिष्ठ हवल्दार राजमंगल सिंह, प्रहरी जवान पिन्टु यादव, बरिष्ट सई राजेन्द्र कटवाल, ।
उदयपुर जिल्ला प्रहरी कार्यालयमा सरुवा भएपनी पावर र पहुँचको भरुमा मोरङ जिल्ला प्रहरी कार्यालय मातहतमा बसेर मोरङ आसपासमा तस्करीमा सक्रिय तस्करहरुसंग मोटो रकम असुल्नेमा पर्छन यादव । प्रहरी सुत्रका अनुसार मोरङ जिल्लामा पटक पटक सरुवा भएर आई घुमुवा प्रहरीका रुपमा कार्यरत रहदै आएका यादव तस्करहरुसंग उठाएको रकम माथिल्लो निकाय सम्म पुर्याउने गर्छन जस्को कारण कोशी प्रदेशमा आएका डिआईजी सम्मले उनलाई सरुवा भए पनी सरुवा गर्न सक्दैन्न् । प्रहरी सुत्रका अनुसार यादवलाई कोशी प्रदेशकै माथिल्लो निकायले बोर्डर केन्द्रित खटाउने गरेका छन् ।
मोरङ जिल्लामा पटक पटक सरुवा भएर आई घुमुवा प्रहरीका रुपमा कार्यरत रहदै आएका सिंह आफुलाई सिंह राजा झै गर्जदै अवैध रकम उठाउन खप्पीस छन् । तस्करहरुसंग साठ गाँठ कसेका राज मंगल केही विवादमा आए पछी केहि दिन अयन्त्र जिल्ला सरुवा भए जस्तो गर्छन् । तर मंगल विना प्रहरीले साँठ गाँठ गर्न नसकेका कारण पुनस् उनी पटक पटक मोरङ आउने गर्छन मानौ मोरङ उनको ससुराली हो । न त उनलाई एसपीले नै सरुवा गर्न सक्छन् न डिआजीले नै मानौ उनी बरिष्ठ हवल्दार भएर पनी डिआईजी भन्दा माथी छन् । मोरङ जिल्लाका बोर्डरमा घुमुवा प्रहरीको रुपमा कार्यरत सिंह लामो समय देखी अवैध रकम असुल्दै आएका छन् ।
प्रहरी जवान पिन्टु यादव माथिल्लो निकायले बोर्डमा खटाएका एक प्रहरी हुन् । प्रहरी सुत्रका अनुसार यादव जिल्ला मातहतमा रहेर तस्करहरुसंग साँठ गाँठ गर्छन र तस्करीमा तस्कर भएर काम गर्छन् । बेला बेला अयन्त्र जिल्ला जाने गरेपनी उनी पुन बोर्डरकोे हावा खाना आउने गर्छन मानौ तस्करहरुसंग मिलेर तस्करी गराउन आईपुग्छन् । न त उनलाई डिआजीले नै सरुवा गर्न सक्छन् । हुनत दुध दिने गाईलाई कस्ले लखेट्छ र त्यस्तै छन् पिन्टु यादव पनी । मोरङ केन्द्रित बोर्डरमा बसेर तस्करहरुसंग रकम उठाउँछन् धाक भने डिआईजी भन्दा माथीको राख्छन् एक प्रहरीले नाम नखुलाउने सर्तमा बताए ।
कटवाल नाम मात्रका कटवाल हैनन् । उनको हैकम नै कटवाल छ । डेढ बर्ष देखी मोरङमा कार्यरत रहदै आएका कटवालले एक बर्ष घुमुवा प्रहरीको रुपमा सक्रिय रहेर मोरङ जिल्लामा धु्रवे हात्ति भन्दा धेरै अतंक मच्चाउँदै तस्करहरुसंग मोटो रकम असुल्दै आईरहेका थिए । तर उनको कालो कर्तुत धेरै दिन टिक्न सकेन । कटवालले मोरङमा तस्करहरुसंग मिलेर तस्करी गराएको समाचार राष्ट्रिय मिडियाहरुले सम्म सम्प्रेषण गरे । कटवाल केही दिनका लागि गुमनाम भएपनी पुन उनी फेरी अवैध रकम उठाउन सक्रिय भएका छन् । नानी देखी लागेको बानी कटवालले छोड्न सकेनन् । मन्त्रीकै पावर लाएर कटवाल अहिले सिमा प्रहरी चौकीको ईन्चार्जका रुपमा कार्यरत रहेका छन् । मोरङ प्रहरीमा आएपछी तस्करहरुबाट असुलेको रकमले विराटनगरमै हैसियत भन्दा सानदार घर समेत बनाएका छन् । पटक पटक विवादमा आएका कटवाललाई कसैले सरुवा गर्न सक्दैनन् । मानौ उनी नेपालका प्रधानमन्त्री भन्दा माथी नै छन् ।
कसरी हुँदैछ तस्करी ?
पछिल्लो समय रातीमात्र तस्करी हुनेगरेको स्थानिय बताउँछन् । रातको समयमा दरैया, ईस्लामपुर, बखरी, मटिहर्वा लगायत मोरङका दर्जनौँ खुल्ला नाकाबाट अटो र सिटीमा सामान कटाउने गरिएको स्थानियको भनाई छ । तस्करीको सामान ल्याएको देख्दा समेत जनपथ प्रहरी र शसस्त्र प्रहरी मौन बस्छन् । जुन ब्यक्तिबाट पैसा असुली गरेको छ त्यो ब्यक्तिलाई रोकिँदैन । तर पैसा नबुझाएका ब्यक्तिलाई भने पक्राउ गर्ने गरेका छन् । स्थानियले घरायसी प्रयोगका लागि सामान ल्याउँदा कर तिर्न बाध्य भएपनि प्रहरी कै संरक्षणमा तस्करले मोटो रकमको सामान भित्¥याउन पाइरहेका छन् । यसमा सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।
यस विषयमा के भन्छन् डिआईजी चन्द्रकुबेर खापुङ ?
प्रहरीहरु प्राविधिक समस्याका कारण धेरै बर्ष बस्दै आएका र उनिहरुलाई माथिल्लो निकायबाट नखटाईएको खापुङ बताउँछन् । सिमानाकामा प्रहरी मात्र नभएर ससस्त्र प्रहरी समेतको निगरानी भएका कारण तस्करीमा प्रहरीहरु संलग्न नभएको उनी बताउँछन् । प्रहरीहरु तेस्तो कार्यमा संलग्न भए छानविन गरी कार्वाही गर्ने डिआईजी खापुङले बताए । सोही विषयमा उनि संग वुझ्न फोन गर्दा ठाडो भाषाको प्रयोग गदै खापुङले तेस्तो भएको खण्डमा समाचार सम्प्रेषण गर्न समेत उनले भने ।
कोशी प्रदेशमा आउने डिआईजी देखी मोरङ, सुनसरी, झापाका नाकामा जान प्रहरीहरुले माथिल्लो निकायलाईे मोटो रकम बुझाएर आउने गरेका छन् । यस्तै यि जिल्लामा आउन एसपीले पनि हरेक महिना माथिल्लो निकायमा मोटो रकम बुझाएर आउने गरेका छन् । कुनै अर्को स्थानमा जानुपर्ने अवस्थामा पैसा बुझाउन सक्नेको सरुवा भइहाल्ने र पैसा बुझाउन नसक्ने जिल्लामै बस्न बाध्य हुनुपर्ने नाम नखुलाउने सर्तमा एक प्रहरीले बताए ।
जनताको सेवा र सुविधाका लागी जनताले तिरेको करबाट तलव खाने प्रहरीहरु नै तस्करीमा लाग्ने र सोझा सिधा जनतालाई मारमा पार्ने काम गरिरहेका कारण आज आम जनसमुदाय प्रती प्रहरी संगठनको वदनाम हुँदै गईरहेको अवस्था छ । बोर्डरमा हुने हरेक तस्करीका बारेमा विगत दुई बर्ष देखी राष्ट्रिय डेलीले समाचार सम्प्रेषण गर्दै आईरहेको यथार्थ हामी माझ छ । सत्य तथ्य समाचार सम्प्रेषण गर्ने पत्रकार र अन्य मिडियाकर्मीहरुले संधै दवाब झेल्दै आईरहेका छन् ।
राज्यका माथिल्ला निकायहरुले यस्का गतिविधिमा संलग्न व्यक्तिहरुलाई कडा भन्दा कडा कारर्वाही गरी तस्करी निमुर्ल पारी देशमा करदायरा बढाउन आवश्यक छ ।
प्रकाशित मिति: २०२४-०७-१६ , समय : १८:०५:५७ , ६ महिना अगाडि