ग्राउण्डजिरो सम्बाददाता , १८८६ पटक हेरिएको
बिराटनगर
देशको अर्थ तन्त्र धराप छ । देशमा कानुन छ तर पालना गर्ने हरुको रजगले यतिबेला देश खोक्रो बनीरहेको छ । त्यसको यतार्थ बिराटनगर रानीभन्सार लाई मान्न सकिन्छ । बिराटनगर रानिभन्सार नाका को प्रयोग गरेर यतिबेला देशको राजश्वमा क्षती पुर्याउन बिभिन्न सरकारी निकाय र तस्करह हरुले मुख्य भुमिका खेलिरहेका छन् ।
बिराटनगरमा यसरी हुन्छ राजश्वमा गिरावट
देशको ठुलो नाका मध्येको १ हो बिराटनगरको रानि नाका । जहाँ दैनिक लाखौको सामान नेपाल अबैध रुपमा भित्रने गरेको छ । प्रसासनको सहकार्य बिना अवैध रुपमा लाखौको सामान भित्रयाउन सहज भने छैन । तस्करी रोक्ने निकायका ब्याक्ति हरुले प्रशासनलाई मासिक ठुलो रकम बुझाउने गरेको तथ्य यसप्रकार यस्तो छ ।
बिराटनगर रानिको हुलास अगाडि दक्षीण गेट बाट बिराटनगरका ओम साहले कपडाको २ नंम्बरी काम गर्छन् उनले मासिक रुपमा नेपाल प्रहरीलाई ५० हजार दिने गरेका छन् । अर्का २ नंम्बरी बाटो बाट ब्यापार गर्ने ब्यापारी हुन निलम । उनले माछाको ब्यापार गर्ने गरेका छन् । उनले पनी प्रहरीका घुमुवाको माध्यम बाट ५० हजार रुपैया प्रत्येक महिना बुझाउने गरेका छन् । बिराटनगर बखरीका दिलीप सहनी उनले पनी माछाको ब्यापार गर्ने गरेका छन् उनले घुमुवा प्रहरीको माध्यम बाट प्रत्येक महिना २ लाख रुपैया बुझाउने गरेका छन् । जनार्दन यादव उनले कपडाको ब्यापार गर्ने गरेका छन् उने मासिक ५० हजार रुपैया प्रहरीको घुमुवा लाई बुझाउँछन् । हरी शुरेसबिक्रम, श्यामे, मन्जेस, मन्जु कमडा ले १ लाख ५० हनजार रुपैया अवैध रुपमा कपडा नेपाल ल्याउने बुझाउने गरेका छन् । प्रतिमा ले मोवील र हुक्को अवैध ब्यापार गर्छन् । उनले मासीक ३० हजार बुझाउँछन् भने बिराटनगरमा रहेको किरानाको डिलर बिनोद केशरीले मासीक रुपमा ३० हजार प्रहरीको घुमुवा मार्फत प्रहरीलाई बुझाउँछन् । उमा संकर किराना ले मासिक ४० हजार ,टिका कार्कीले कपडा अवैध रुपमा भित्रयाए बापत ४० हजार , कविता यादवको ६जनाको गुडिया ग्रुपले कपडा नेपाल भित्रयाए बापत २० हजार प्रहरीको घुमुवा लाई बुझाउँछन् । सुमना , दिपा हनी आमा मनाज ठाकुर ग्रपले ५० हजार मटेरुवा नाकाका प्रहरीलाई मासिक रुपमा बुझाउँछन् । उनीहरुले कपडाको अवैध ब्यापार गर्ने गरेका छन् । सबनम सुमनले कपडाको ब्यापार गर्छन् उनले मासिक रुपमा ३ लाख रुपैया घुमुवा प्रहरीलाई बुझाउँछन् । गुड्डु मियाले १ लाख ५० हजार रुपैया बुझाउने गरेका छन् । बाबुजन, सम्साद,जुनेद ले बिबिन्न जनावरको छाला को अवैध ओसारपसार गर्ने गरेका छन् उनीहरुले मासिक एक लाख ५० हजार रुपैया प्रहरीले तस्करी गर्ने बाटो खुलाएबापत घुमुवा बाट बुझाउने गरेका छन् । पुजा मम्मी ले कपडाको अवैध काम गर्छन । उनले मासिक रुपमा १० जना महिला लाई प्रयोग गरेर कपडाको अवैध कारोबार गर्छन् । जसवापत ५० हजार प्रहरीको घुमुवा लाई बुझाउने गरेका छन् । यित उधाहरण मात्र हो । बिराटनगर रानी भन्सार नाका र स साना छोटिभन्सार बाट हुने अवैध कारोबार रोक्न प्रहरी असक्षम सावीत भएको छ । नेपल जनपथ प्रहरी र ससस्त्र प्रहरील ले गर्ने सेटिगका कारण लाखौ रकम तस्करी बाट अवैध रुपमा माथिल्लो निकाय सम्म पुग्ने गरेको छ ।
त्यसोत बिराटनगर र झापाका सिमा क्षेत्रमा सुरक्षा निकायका कर्मचारीहरुले आफ्नो दर्बन्दी पार्नका लागी लाखौ रुपैया कबुल गरेर आएका हुन्छन् । केहि दिन तस्करीको सामान पक्राउ गरेर भन्सार कार्यालय लाई बुझाए पनी केहि समय पछि सेटिङसेटिग हुने गरेको पाइन्छ । सुरक्षा निकायले तस्कर संग गरेको सेटिङले देशको ढिकुटि खाली हुँदै गइरहेको छ ।यसरी हुने तस्करीमा अवैध सुन देखि हुण्डी सम्मका कारोबार हुने गरेको छ । नेपाल बाट सुन चाँदिका गहना , र सुन अवैध लागुऔषध को कारोबार हुने गरेको छ । यस तर्फ सुरक्षा निकायले सुधार गर्न आवश्यक छ ।
प्रकाशित मिति: २०२४-०७-१७ , समय : २०:२३:३३ , ६ महिना अगाडि