ग्राउण्डजिरो सम्बाददाता , २१८५२ पटक हेरिएको
आठौ संकरणको कोशी २०२४ का बिजेता हरुलाई सम्मान गरीएको छ । बिराटनगरमा एक कार्यक्रम गरी कोशी प्रदेश सरकारका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले सम्मान गरेका हुन् । मिस कोशी बन्न सफल इटहरीकी शुभलक्ष्मी राई, फस्ट रनरअप धरानकी निशा हाङ्गा लिम्बू, सेकेन्ड रनरअप झापाकी निलम मोक्तान , थर्ड रनरअप जुम्लाकी कृति बस्नेत र पाँचौँ स्थान ओगट्न सफल इटहरीकी स्वस्तिका राई सम्मानित भएका हुन् ।
तामाङ,
कार्यक्रममा बोल्दै मन्त्री कार्कीले कला र संस्कृतिको उत्थानका लागि भएको मिस कोशीले नवप्रतिभाको उजागर हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे । जय मिडिया म्यानेजमेन्टको आयोजनामा आठौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनल धरानमा भएको थियो । गत असार २९ गते धरानमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीलाई उछिन्दै इटहरीकी शुभलक्ष्मी विजेता बनेकी थिइन् ।
उनले नगद एक लाख रुपैयाँ पाउने भएकी छन् भने उनीसँगै अरू विजेताहरूले क्राउन ट्रफीलगायत अन्य विभिन्न उपहार पाउने छन् । विजेताहरूलाई प्रायोजकले घोषणा गरेअनुरूपका पुरस्कारहरू चाँडै उपलब्ध गराइने आयोजक संस्था जय मिडिया म्यानेजमेन्टका अध्यक्ष जयराज रोयले जानकारी दिए ।
सन् २०१४ बाट निरन्तर प्रतियोगिता आयोजना गरिरहेको बताउँदै उनले घोषित पुरस्कार अघिल्ला संस्करणका विजेताहरूले पाएको र यसपालिका विजेताहरूले पनि पाउने दाबी गरे । उनका अनुसार यसपालि प्रतियोगितामा एक सय ५० जना प्रतिस्पर्धीले भाग लिएकोमध्ये २५ जना फाइनल पुगेका थिए ।
मिस कोशी विजेता शुभलक्ष्मी राईले उपाधि जितेसँगै मिस युनिभर्सका लागि तयारीमा रहेको सुनाइन् । यो प्रतियोगिताले आफूलाई थप हौसला मिलेको उनले बताइन् । फस्ट रनरअप निशा लिम्बुले मिस कोशी प्रतियोगितामा प्रतियोगी बन्दा आफूमा आत्मविश्वास बढेको बताउँदै आगामी दिनमा यसै क्षेत्रबाट समाजमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रकाशित मिति: २०२४-०७-१८ , समय : २१:२९:५९ , ६ महिना अगाडि