ग्राउण्ड जिरो न्यूज सम्बाददाता , १६३० पटक हेरिएको
जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि सौर्य एयरलाइन्सले एकैचोटि तीनवटा ‘एटिआर’ जहाज ल्याउने भएको छ । सौर्यले हाल दुईवटा जेट इन्जिन जहाजबाट आन्तरिक उडान गर्दै आएको छ ।
सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलका अनुसार आगामी ६ महिनाभित्र ७२ सिट क्षमतायुक्त तीन एटिआर जहाज ल्याउनेगरी आवश्यक तयारी पूरा भएको छ ।
जेट जहाजमार्फत उडान गर्दा खर्च धेरै भएकाले एटिआर जहाज खरिद गर्ने तयारी गरिएको पोखरेलले जानकारी दिए । लगानीकर्तामध्ये एक भारतको कुवेर ग्रुपसँग ६ महिनाभित्र एटिआर जहाज ल्याउनेगरी सम्झौता भइसकेको छ ।
जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि साझेदार कुवेर ग्रुपलाई एटिआर नल्याए बन्द गराउने उनले प्रस्ताव राखेका थिए । पोखरेलको प्रस्तावपछि कुवेर ग्रुप एटिआर जहाज खरिदका लागि तयार भएको हो ।
नयाँ जहाज खरिद गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवश्यक सहमतिका लागि पत्र पठाउने तयारीमा लागको पोखरेलको भनाइ छ ।
प्रकाशित मिति: २०२३-०८-१३ , समय : २०:४५:४६ , १ वर्ष अगाडि