ग्राउण्ड जिरो सम्बाददाता , ७५७ पटक हेरिएको
विराटनगर । विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट नवजात शिशु वेपत्ता पार्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुरको हतुवागढी–४ का २७ वर्षिय गोविन्द राई, विराटनगरस्थित दिपेश मेडिकल हल सञ्चालकसमेत रहेका ६८ वर्षिय डा. तपेश्वर लाल कर्ण, ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षिया सुधा राजवंशी, कटहरी गाउँपालिका–२ की ४६ वर्षिय दिलमाया राजवंशी, सोही ३० वर्षिय सुर्य नारायण राजवंशी र सिराहाको कल्याणपुर–१२ की ३८ वर्षिया निर्मला यादव रहेका छन् ।
गत असार १४ गते विराटनगर–९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारिएको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा सो घटनामा संलग्न रहेका उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट नवजात शिशुलाई समेत फेला पारी सकुशल उद्धार गरिएको छ । भदौ १ गतेनै पक्राउ परेका डा. तपेश्वर लाल कर्ण र गोबिन्द राईलाई ५ दिन म्याद थप भई अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रन्जनकुमार दाहालले जानकारी दिए ।
प्रकाशित मिति: २०२३-०८-२३ , समय : ०९:२१:५१ , १ वर्ष अगाडि