विकल श्रेष्ठ , १९५६ पटक हेरिएको
बिराटनगर / गाईजात्रा टिम यति बेला कोशी प्रदेशको राजधानी बिराटनगर पुगेको छ | गाइजात्र टिम राति करिब १ बजे बिराटनगर पुगेका हुन् | उनिहरु यति बेला टिमनै बिराटनगरको होटेल एस्थटिकमा रहेका छन् | साझ ४ बजे आरोहन गुरुकुलमा गाइजात्रा प्रहशन सकेर रातिको ८ बजे बिराटनगर एरपोर्ट मोडमा रहेको ह्यासट्याग फुड एण्ड बारमा टिम सहितले मनोरंजन दिने छन् |
कोरोना महामारीको समयदेखि रोकिँदै आएको गाईजात्रा शो यस वर्ष देखि पुन प्रहशन हुने भएको हो । कोरोना महामारी पछिको पहिलो प्रस्तुतिस्वरुप यस वर्ष पुन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ। ८० सालको गाईजात्रा भाद्र १३ गतेदेखि १८ गतेसम्म चल्नेछ। विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम सकेर गाइजात्र टिम भाद्र १३ गत्ते काठमाडौं फर्किनेछ |
“भाद्रको महिमा गाईजात्राको महिना”
*९ गते – बिराटनगर (मोरङ)
ब्रान्डवर्थ प्रालिको आयोजनामा हुने कार्यक्रममा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल (चिप्लेटी अंकल), सीता न्यौपाने, प्रभात लामा, रुबिना अधिकारीलगायतका कलाकारले दर्शकलाई हास्यव्यंग्य प्रस्तुतिका साथ भरपूर मनोरञ्जन गराउनेछन्। जेसिस, लायन्सलगायतका संस्थासँगको सहकार्यमा ब्रान्डवर्थ प्रालिले उपत्यका बाहिर पनि ८० सालको गाईजात्रा आयोजना गर्नेछ। हास्यव्यंग्यकार मनोज गजुरेलका अनुसार
कोरोना महामारीको समयमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेको आयोजक संस्थाले यसपटक रंगमञ्च सँगसँगै टेलिभिजनमा पनि डिजिटल गाईजात्रा प्रसारण गर्नेछ। सात एपिसोडमा प्रसारण हुने डिजिटल गाईजात्राको पोस्ट प्रोडक्सन सकेर कलाकारहरु रंगमञ्चमा हुने ८० सालको गाईजात्राको रिहर्सलमा लागेको गजुरेलले जानकारी गराए।
प्रकाशित मिति: २०२३-०८-२६ , समय : १२:५८:१३ , १ वर्ष अगाडि