कानुनी आधार तथा वैधानिक दायित्वसम्बन्धी एक दिने अभिमुखीकरण विराटनगर सम्पन्न

प्रतीक श्रेष्ठ , २५७४  पटक हेरिएको

नेपाल रेडक्रसको बैधानिक दायित्व तथा कानूनी आधारसम्बन्धी सोको कानुनी आधार तथा वैधानिक दायित्वसम्बन्धी एक दिने अभिमुखीकरण विराटनगर सम्पन्न भएको छ । शाखाका सभापति सुवोधकुमार सिंहको सभापतित्वमा शुभारम्भ गरिएको कार्यक्रममा शाखाका मन्त्री सुकदेवप्रसाद मण्डलले स्वागत मन्तव्य र कार्यक्रमको उद्वेश्यमाथि PMER अधिकृत किरण सेढाईले प्रकाश पार्न भएको थियो । तालिममा शाखा/उपशाखाका पदाधिकारीहरु तथा कर्मचारीहरुको गरि जम्मा ३५ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेरेसो केन्द्रीय कार्यालयका बरिष्ठ अधिकृत नारायण लामिछाने, PMER अधिकृत किरण सेढाई र जिल्ला कार्यक्रम अधिकृत तेजबहादुर श्रेष्ठ गर्नु भएको थियो । अभिमुखीकरण संचालन गर्नुको मुख्य उद्वेश्य नेरेसोका जिल्ला शाखा उपशाखाहरुले वार्षिक रुपमा पुरा गर्नुपर्ने वैधानीक दायित्व तथा कानूनी आधारहरु स्पष्ट पार्नु रहेको थियो भने सबै सहभागीहरुले वैधानीक दायित्व नियमित रुपमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । अभिमुखीकरणमा REDi कार्यक्रमको लक्ष्य, उद्वेश्य, आशातीत प्ररिणामहरु, आशातीत उपलब्धीहरु, वार्षिक गतिविधिहरु तथा प्रभावकारी कार्यन्वयन सम्बन्धी, रेडक्रस अभियान, नेरेसोको प्रचलित विधान र कानुनी आधारहरुको वारेमा छलफल भएको कार्यक्रम अधिकृत तेजबहादुर श्रेष्ठले जानकारी दिनु भयो । यसै शाखाका सभापति सुवोधकुमार सिंहले मोरङ जिल्ला शाखा तथा उपशाखाहरुले नियमित रुपमा बैधानिक दायित्व पूरा गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

प्रकाशित मिति: २०२३-१०-०२ , समय : ११:५९:४९ , १ वर्ष अगाडि