राज श्री सहकारीको कालो कर्तुत , मेनेजरको सेटिङ मा एउटाको धितोमा अर्कैलाई ऋण जारी

ग्राउण्डजिरो सम्बाददाता , ३३४९  पटक हेरिएको

बिराटनगर
देश यतिबेला सहकारीको चंगुलमा रोमलिएको छ । कुनै सहकारीले टन्नै पैसा असुलेर भागेका छन् भने कति सहकारीका संञ्चालक पक्राउ परेर जेलको हावा खाइरहेका छन् । तर यो सिलसिला भने सकिएको छैन । जनताले सहकारी बाट पाउनुसम्म पिडा पाइरहेका छन् । बिराटनगरमा को रंगेली रोडमा रहेको सहकारी राज श्री सेवीग्स एण्ड क्रेडिट को आपरेटिभ सोसाइटि लि.सेवा कार्यालयले ऋणीलाई फसाउन सम्म फसाएका छन् । यति सम्म कि एक ब्याक्तिको जग्गा धितो राखेर अर्कै ब्याक्ति लाई लगानी गरेको छ ।
२०७५ सालमा सुनसरी दुहवी नगरपालीका ९ का छाताबेली कि दुखनी खातुनको चेकमा औठा छाप गर्न लागएर सहकारीकै मिलेमतोमा अर्कैको नामा पैसा जारी गरेको राजश्री सहकारीको कर्तुत यतिबेला बाहिरीएको छ । त्यस्तै घटना पुन दाश्रो पटक पनी उहि ब्याक्ती माथी दोरीएपछि सहकारीको संञ्चालकले बदमासी गरेको रहस्य बाहिरीएको हो । २०७५ सालमा २ लाख ५० हजार रुपैयाँ ऋण चाहिएपछि दुखनीदेवीले आफ्नो २ कठ १० धुर जमिन राखेर ऋण लिएएका थिए । तर दुखानी देवीको नामा दुइवटा चेक बनाएर औठा छाप सहकारीले गरायो ।

सहकारीले खडा गरेको व्यक्तिमा दुईवटा छाप लगाएर थप ७ लाख ५० हजार निकासा प्रक्रिया मिलाए । दुईलाख ५० हजार ऋण दुखनीको परिवारले लिए बाँकि रहेको रकम कर्मचारीको मिलेमतोमा मधुवनका इन्द्रनारायण मण्डलले आफ्नो नाममा चेक जारी गराएर रकम लिएका थिए । मण्डल सहकारीका सञ्चालक बैजनाथ साहका खास मान्छे थिए ।
दुखनीको जग्गा धितोमा इन्द्र नारायण ले पैसा लिएर फरार भएको कुरा दुखानीका छोरा हरुले थाहा पाएपछि राज श्री सहकारीलाई ऋणको रकम र ब्याज तिर्न छाडिदिए ।
केहि बर्ष पछि पटक पटक राज श्री सहकारीले घर लिलामी गर्ने भन्दै पत्र काट्न थाले पछि जग्गा राखेर राजश्रीले पैसा लगानी गरेका इन्द्रनारायण लाई खोज्न थाले । मण्डलले २०८० साल असार १८ गते १० लाख ऋणको २३ लाख ५२ हजार ८ सय ९८ रुपौया भुक्तानी गराए । तर जग्गा वालाको जग्गा भने राज श्री सहकारीले फुकुवा गरेन । राज श्रीले पुन अर्को ऋणको साजीस रच्यो । जसले पुन दुखनीको जग्गामा ऋण जारी गरेर चलाउन सकियोस भन्ने मनसाय बनायो ।

जस्ले पुन दुखानीको जग्गामा ऋण गरी पुनः लिएर चलाउन, मण्डल राजश्रीको अन्य शाखामा काम गरेर ५ बर्ष पछि गाउँ फर्केपछि पिडित परीवारले उनलाई भेटे । मण्डलका कारण जग्गा लिलामीमा गएको भन्ने पिडित परीवारको दावी अनुसार उनले दश लाख रुपैया सावाँ र ब्याज गरेर भुक्तानी गरेका थिए । तर सहकारीले रकम तिर्नेको नाममा भौचर नबनाई मण्डलकै नाममा भौचर बनाएका थिए ।

भुक्तानी गर्ने ब्याक्तिको नामा राज श्री, भुक्तानी गर्ने व्यक्ति विष्णुकुमार शर्मा र ऋण भुक्तान गरिएकोमा दुखनी खातुन भन्ने ब्यवहोरा उल्लेख गरियो । तर उक्त पैसा फच्यौट गरीउको भौचर भने ऋणीलाई दिइएन । ऋण भुक्तान भइसकेपछि मख्ख परेका दुखानीका जेठा छोरा मो। मेजाइल मियँलाई २०८० साल असार १८ गते पुन सहकारी बाछ फोन गयो मण्डलले दशलाख मात्रै भुक्तानी गरेको बाँकि १३ लाख नबुझाए जग्गा लिलामी हुने भनेपछि परीवारले पुनः सहकारीको टजर भोग्न सुरु भयो । बारम्बार को टर्चर भोग्नुपरेपछि मोजाइलले ३ लाख ७५ हजार सहकारीलाई बुझाए ।

सहकारीले उक्त रकम मोजाइलको खातामा धरौटीको रुपमा बचत गरेको देखिन्छ । बाँकि रहेको १०लाख पुरानो ऋण लाई नयाँ भन्न थाल्यो राज श्री सहकारीले । दुखनी सहित मोजाइल सहकारीमा पुगे र फेरी नयाँ कागजातमा औठा हान्न लगाए । नयाँ ऋण जाी गरेकै दिन दुखनीको नाम बाट ९ लाख ४४हजार रुपैयाँ विष्णुकुमार शर्माको नाममा सहकारीले पठाएर फेरी बद्मासि गर्यो । असार २७ गते पुन ३ लाख ७५ हजार रुपैया मोजाइलको खातामा असार १८ गते धरौटी जम्मा गरीएको रकम समेत शर्मालाई पटाएको देखिन्छ । यी दुवै प्रक्रीयामा सहकारीले पैसा पठाउने लाई हस्ताक्षर गराएको छैन । कसैको नाममा भएको रकम अर्कैको नाममा सहकारीले पठाएको प्रमाण हरुले सावीत गरेको छ । आफ्नो परीवार लाई झुक्याएर पैसा झिक्ने ब्याक्ति पक्राउ गरी ऋण कबोल गराउँदा समेत ऋण नसकिएको चिन्तामा रहेको परीवार इन्द्रनारायण मण्ड भएको ठाउँमा पुगेपछि मण्डलले सबै ऋण चुक्ता गरेर भौचर लिएको नाजकारी दिएपछि पिडीत परीवार तिनछक्क परे ।

२०७५ सालमा दुखनीलाई चाहिको २लाख ५० जार ऋण , १० लाख जारी गरेर मण्डलले ७ लाखा ५० हजार रुपैयाँ चलाएको कुरा , ५ बर्ष पछि मण्ठलले २३ लाख ५२ हजार ८८९ रुपैया बुझाएको १८ दिन पछि ३ लाख जारी गराएको देखाएर बिष्णु कुमार शर्माको नामा टन्सफर गरीदिने काम राज श्री ले गरेको देखिन्छ ।

जसरी २०७५ सालमा इन्द नारायण मण्डल सहकारीले खडा गरेका ब्याक्ति थिए , त्यसरीनै अहिले बिष्णुकुमार समेत सहकारीले खडा गरेका ब्याक्ति हुन् । सहरकारीले धितोमा राखेको जग्गा लिलामी नगरोर र धितोमा रोको जग्गा ऋण बुझाएपछि फुकुवा गर्नुको सट सहकारीले नै राखेर मिटरब्याज सिस्टममा ब्याज सर्वसाधारण बाट असुल्ने गरेरको यो घटनाले प्रमाणीत गरेको छ ।
पिडित परीवार प्रदेश वान टेलीभिजनको कार्यालयमा आएर आफु सहकारीको पिडामा परेको बताई रहँदा सहकारीका प्रतिनीधीहरुले समेत गल्ती भएको स्वाइकार गरेका छन् । २०८० असार १ गते नै सबै ऋण बुझाइसेको कारोबार बिवरण भौचर सहकारीले अपडेट गरीसकेपछि पुन १८ गते ३ लाख ७५ हजार धरौटि जम्मा र २६ गते पुन पुरानो ऋण लाई नयाँ बनाउने भन्दै दशलाख जारी गर्नेकाम कसरी भयो भन्ने कुराले नै सहकारीले बदमासि गरेको सावीत गरेको छ । यरी जम्मा गरीएको रकम र निकासा गरीएको रकम अर्को ब्याक्तिको खातामा पठाउँदा खातावालाको हस्ताक्षर नगराएको सहकारीले आफ्नो गल्ती स्वाइकार गरेको छ । पिडितले जिल्ला प्रहरीकार्यालय मोरगमा आवश्यक अनुसन्धान गरेर सहकारीका सं१चाक तथा मेनेजर बिरुद्ध उजुरी समेत दर्ता गराएको भएपनी सुनुवाई हुन सकेको छैन ।

प्रकाशित मिति: २०२४-०७-१८ , समय : २१:००:३८ , ६ महिना अगाडि